हर्क साम्पाङको दाबी : निर्वाचनपछि किसान, गोठाला र खेतालाको सरकार बन्नेछ

हर्क साम्पाङको दाबी : निर्वाचनपछि किसान, गोठाला र खेतालाको सरकार बन्नेछ

खोटाङ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने दाबी गरेका छन्।

गृह जिल्ला खोटाङको दिक्तेल बजारमा शनिबार आयोजना गरिएको आमसभामा उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जिकिर गरे।

धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका अध्यक्ष साम्पाङले स्पष्ट दृष्टिकोण भएका नेताहरूबाट मात्र देश विकास हुने भन्दै आफूहरू देश विकासका खाकासहित अगाडि बढेको बताए। 

'नेताहरूले पटक-पटक एउटै समस्याको समाधान गर्छु भनेर भोट मागेको देखिन्छ, तर समस्या समाधान हुँदैन। एउटै योजनामा पटक पटक बजेट हालेर पनि योजना बन्दैन। आगामी फागुन-२१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम नेतालाई भोट गर्न आवश्यक छ,' उनले भने।

पार्टी अध्यक्ष साम्पाङले अब कुरा भन्दा श्रम गर्नेलाई अवसर दिनुपर्ने र त्यसका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए। 

मंसिर २७, २०८२ शनिबार २०:२३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।