यु-१९ एसिया कप : नेपालको अग्निपरीक्षा आज, पहिलो खेलमा श्रीलंकासँग भिड्दै

यु-१९ एसिया कप : नेपालको अग्निपरीक्षा आज, पहिलो खेलमा श्रीलंकासँग भिड्दै

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ।

दुबईस्थित ‘द सेभेन्स’ रङ्गशालामा हुने खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी श्रीलंकाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल आजको खेल जित्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ।

नेपालको समूहमा श्रीलंकासहित बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रहरू रहेकाले यसलाई कठिन समूह मानिएको छ।

खेल तालिकाअनुसार नेपालले आफ्नो दोस्रो खेल मंसिर २९ गते बंलादेशसँग र समूह चरणको अन्तिम खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ।

यही मंसिर २६ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन्।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ।

मंसिर २७, २०८२ शनिबार ०८:०९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।