मौसम देशभर सफा रहने, कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीको सम्भावना

मौसम देशभर सफा रहने, कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीको सम्भावना

काठमाडौं : हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यतिबेला देशभरको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने अनुमान गरिएको छ।

त्यस्तै, राति भने देशभर आंशिक बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ।

मंसिर २७, २०८२ शनिबार ०७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।