कम्बोडियासँगको सीमा तनावपछि थाइल्याण्डमा संसद विघटन, ६० दिनभित्र आम निर्वाचन हुने

कम्बोडियासँगको सीमा तनावपछि थाइल्याण्डमा संसद विघटन, ६० दिनभित्र आम निर्वाचन हुने

एजेन्सी : कम्बोडियासँगको सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलले संसद विघटन गरेका छन्।

यो घोषणासँगै अबको ४५ देखि ६० दिनभित्र देशमा आम निर्वाचन हुने भएको छ।

शुक्रबार एक आदेश जारी गर्दै प्रधानमन्त्री अनुटिनले आफ्नो अल्पमतको सरकारले तीन महिनाअघि सत्ता सम्हालेयता सीमा क्षेत्रमा भएका घातक झडपसहित थुप्रै चुनौतीहरूको सामना गर्नुपरेको बताएका छन्।

उनले भने, ‘यसको उचित समाधान संसद विघटन गर्नु नै हो। यो राजनीतिक शक्ति पुनः जनतालाई फिर्ता सुम्पिने एउटा माध्यम हुनेछ।’

व्यवसायीबाट राजनीतिमा आएका अनुटिन अगस्ट २०२३ यता थाइल्याण्डका तेस्रो प्रधानमन्त्री हुन्। गत सेप्टेम्बरमा सत्तामा आउँदा उनले जनवरीको अन्त्यसम्ममा संसद विघटन गर्ने वाचा गरेका थिए।

मंसिर २६, २०८२ शुक्रबार १३:५५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।