पुल्चोक क्याम्पसमा ‘एरोकनेक्सन’ द्वारा एभिएसन ओरिएन्टेसन कार्यक्रम सम्पन्न
काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)मा आधारित एभिएसन मटेरियल सोलुसन कम्पनी ‘एरोकनेक्सन’ले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा एभिएसन अफ्टरमार्केट ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ।
एरोस्पेस तथा मेकानिकल इन्जिनियरिङका ५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा एभिएसन अफ्टरमार्केट उद्योग र विश्वव्यापी करियरका अवसरहरूबारे जानकारी दिइएको थियो।
कार्यक्रममा एरोकनेक्सनका टेक्निकल रिसोर्सेस म्यानेजर अभिषेक सिंह र बिजनेस म्यानेजर मेरिन पलले प्रस्तुतीकरण दिएका थिए।
कार्यक्रम सफल बनाउन मेकानिकल तथा एयरोनटिकल इन्जिनियरिङ विभाग प्रमुख डा. सुदिप भट्टराईले समन्वय गरेका थिए।
एरोकनेक्सनका संस्थापक तथा सीईओ मनोज जोनले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई एभिएसन उद्योगका लुकेका अवसरहरूबारे बुझ्न मद्दत पुग्ने बताए।
कार्यक्रमको समन्वय कम्पनीका सदस्यहरू आदिति खनाल र बिक्की दुवालले गरेका थिए।
मंसिर २६, २०८२ शुक्रबार १३:३८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।