तस्बिरमा एमाले महाधिवेशनको सरगर्मी : च्यासलमा नेताको निहुरिमुन्टी, मक्ख प्रतिनिधि

तस्बिरमा एमाले महाधिवेशनको सरगर्मी : च्यासलमा नेताको निहुरिमुन्टी, मक्ख प्रतिनिधि

काठमाडौं : एमालेको ११ औँ महाधिवेशन सुरु हुने मिति नजिकिएसँगै एमालेको च्यासलमा पार्टीका नेता तथा कार्यकर्ताहरूको संख्या बाक्लिँदै छ।

मंसिर २७ गते भक्तपुरको सल्लाघारी मैदानमा उद्घाटन भएर बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा गर्ने तयारी गरेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म चल्दै छ।

पार्टीको नेतृत्वमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिने भएपछि पार्टीभित्र रस्साकस्सी बढिरहेको छ।

महाधिवेशनमा भाग लिन देशभरबाट प्रतिनिधिहरू काठमाडौं आउनेक्रम बढेसँगै पार्टी कार्यालयमा समेत चहलपहल बढिरहेको छ। नेतृत्वका आकाङ्क्षीहरू समेत पार्टी कार्यालयमा पुग्न थालेका छन्।

बिहीबार पार्टी अध्यक्षका प्रतिस्पर्धी केपी ओली अनि ईश्वर पोखरेल दुवै च्यासल पुगेका थिए। पहिला पोखरेल पार्टी कार्यालय पुगेर महाधिवेशन प्रतिनिधीहरुसँग भेटेका थिए। पत्रकारहरूसँगको अन्तरक्रियामा रहेका ओली त्यताबाट च्यासल पुगेपछि पोखरेल बाहिरिएका थिए।

एमाले महाधिवेशनमा ७७ जिल्लाबाट निर्वाचित २ हजार १ सय ५४ जना र केन्द्रबाट मनोनीत हुने १ सय ८ जना सहित २ हजार २ सय ६२ महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।

नवौँ महाधिवेशनबाट पहिलो पटक एमाले नेतृत्वमा आएका ओलीले तेस्रो पटक आफू नै अध्यक्ष हुने तयारीमा छन्। वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल अगाडि सरेका छन्।

पार्टी राजनीतिमा फर्किएर एमालेको अध्यक्ष समेत दाबी गरिरहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नै नवीकरण नभएपछि भण्डारीको समर्थनमा पोखरेल अगाडि बढेका हुन्।

मंसिर २५, २०८२ बिहीबार २०:३७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।