विराटनगरले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार हुने दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङको निर्णय लिएका हुन्। विराटनगरको यो निर्णयसँगै लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ।
बिहीबारको खेल विजेता टोलीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। यसअघि लिग चरणको खेलमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले हराएको थियो।
सुदूरपश्चिम रोयल्स यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ। विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
मंसिर २५, २०८२ बिहीबार १५:५६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।