आयोगमा बयान दिन जानुपर्ने पोखरेलको भनाइमा ओलीको टिप्पणी “उहाँलाई किन सन्चो भएन मलाई थाहा छैन”
काठमाडौँ : जेनजी आन्दोलनको भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न गठित आयोगमा बयान दिन जानुपर्ने ईश्वर पोखरेलको अभियब्यक्तीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सन्चो नभएको भन्दै टिप्पणी गरेका छन्।
बिहीबार सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा उनले भने “उपाध्यक्षज्यूलाई किन सन्चो भएन मलाई थाहा छैन।”
बुधवार सञ्चारकर्मीहरूसँगको अन्तर्क्रियामा पोखरेलले आफैँ बयानको प्रसङ्ग निकाल्दै उनले बयान दिन जानु पर्ने र आफू भए जाने प्रतिक्रिया दिएका थिए।
उनले आयोगमा बयान दिन जाने या नजाने आफ्नो काम भएको भन्दै त्यसबारेको कानुनी व्यवस्था आफू पनि हेरेको र नजाँदा के सजाय भोग्नुपर्छ भोग्न तयार रहेको उनले बताए।
उनले आयोगमा बयानबारे प्रधानमन्त्री सुशीला कार्की र वरिष्ठ उपाध्यक्षको मनसाय र चाहनाबारे एकै भएको भन्दै राजनीतिक प्रतिस्पर्धा सीमाभित्र बसेर गर्न पोखरेललाई चुनौती दिए।
उनले फागुन २१ पछि फागुन २२ पनि आउने भन्दै त्यसलाई ख्याल गरेर काम गर्न प्रधानमन्त्री कार्कीलाई चेतावनी समेत दिए।
मंसिर २५, २०८२ बिहीबार १५:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।