डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा पुलबाट खस्यो, २२ जना घाइते

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा पुलबाट खस्यो, २२ जना घाइते

दाङ  : पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमहीमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस लमही नगरपालिका-१ स्थित कौडियापुलबाट तल खोलामा खसेको हो।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार बसमा ३८ जना यात्रु सवार थिए।

दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूको उद्धार गरिएको छ।

उद्धार गरिएका घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

मंसिर २५, २०८२ बिहीबार ०८:४७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।