सरकार-जेनजीबीच सम्झौता भए लगत्तै विवाद, कार्यक्रमस्थलमै च्यातियो सम्झौता पत्र
काठमाडौं : सरकार र जेनजीका प्रतिनिधीबीच भएको सम्झौताप्रति जेनजीकै समूहबीच विवाद भएको छ। प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले सम्झौतामा हस्ताक्षर गरे लगत्तै केही जेनजी अगुवाहरुले आपत्ती जनाए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार साँझ आयोजित हस्ताक्षर कार्यक्रममा केही जेनजी प्रतिनिधीहरुले सो सम्झौता च्यातेका थिए भने केही विवादमा उत्रिएका थिए।
संविधान पुनर्लेखन र शासकीय स्वरुपबारे असहमती जनाउँदै जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले सम्झौता पत्र हस्ताक्षरस्थलमै सम्झौता च्यातेका थिए। जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले पनि सम्झौता पत्र च्यातेर फालेका थिए।
मंसिर २४, २०८२ बुधबार २०:४२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।