फिनटेक अलायन्स नेपालद्वारा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को औपचारिक घोषणा
काठमाडौं : फिनटेक अलायन्स नेपालले ‘नेपाल फिनटेक एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। बुधवार पत्रकार सम्मेलन गर्दै पुस १८ र १९ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा एक्सपो हुने जानकारी दिइएको हो।
डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, कृत्रिम बुद्धिमत्ता ब्लकचेन र उदीयमान प्रविधिहरूलाई एउटै छानामुनि ल्याउनु एक्स्पोको मुख्य उद्देश्य रहेको आयोजकले जानकारी दिएका छन्।
दुई दिनसम्म चल्ने एक्स्पोमा ४ हजार बढी सहभागी हुने आयोजकको दाबी छ। एक्स्पोमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लगानी तथा पुँजी बजारका प्रतिनिधि, आइटी तथा सफ्टवेयर कम्पनी, फिनटेक तथा टेक स्टार्टअप, सरकारी तथा नियामक निकाय, दातृ निकाय, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्भावित लगानीकर्ता सहभागी हुने आयोजकले जानकारी दिएका छन्।
एक्स्पोमा ६० भन्दा बढी स्ट्यान्डर्ड बुथ, स्टार्टअप डेमो जोन, टेक कम्युनिटी जोन, अनुभवात्मक फिनटेक शोकेस र उद्योग–केन्द्रित ज्ञान–सत्रहरूको व्यवस्था गरिएको छ।
कार्यक्रममार्फत डिजिटल ट्रान्सफर्मेसन, नेक्स्ट–जेन पेमेंट टेक्नोलोजी, क्रेडिट स्कोरिङ, डेटा एनालिटिक्स, फन्ड म्यानेजमेन्ट, साइबर रेसिलिएन्स, फाइनान्सियल इन्क्लूजन, एम्बेडेड फाइनान्स, डिजिटल लेंडिङ तथा भुक्तानी प्रणाली विस्तार जस्ता विषयमा गहन छलफल तथा अनुभव आदान–प्रदान गरिनेछ।
मंसिर २४, २०८२ बुधबार १९:०१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।