आत्महत्यापछि बल्ल छोरीको जन्मदर्ता
काठमाडौँ : छोरोको जन्मदर्ता र नागरिकता दुबैमा स्थानीय प्रशासनले हैरान बनाएपछि आत्महत्या गरेकी अन्जु थारुकी ७ वर्षिया छोरीको जन्मदर्ता भएको छ। छोरीको आत्महत्यासँगै बाबुले समेत आत्महत्या गरेको समाचार सार्वजनिक भएपछि नाबालिगको जन्मदर्ता गराउन प्रधानमन्त्री नै सक्रिय हुनु परेको थियो।
घटनाबारे छानबिन गर्न प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिएपछि समिति गठन भएको थियो। समिति छानबिन गर्न घटनास्थल पुगेपछि बुधवार ती बालिकाको जन्मदर्ता भएको हो।
तर जन्मदर्ता अन्जुको नाममा नभई छोडपत्र भइसकेका उनको श्रीमानको नामबाट भएको हो। छानबिन समितिको सदस्यको पहलमा बालिकाको जन्मदर्ता भएको थियो।
अन्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पुर्जी जारी भएको छ भने मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाएको छ।
मंसिर २४, २०८२ बुधबार १८:१४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।