जेनजी आन्दोलनको सम्झौतामा राष्ट्रपतीले हस्ताक्षर नगर्ने, प्रधानमन्त्रीसँग ६ बजे हस्ताक्षर
काठमाडौं : भदौ २३ र २४ को जेनजी आन्दोलनलाई वैधता दिन जेनजी प्रतिनिधिले दिएको सम्झौताको मस्यौदामा आवश्यक संशोधन गरेर सरकारले अहिले ६ बजे सम्झौता गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँगै उनीहरूले सम्झौता गर्न चाहे पनि प्रधानमन्त्री सुशीला कार्कीसँग सम्झौता हुन लागेको हो।
जेनजी आन्दोलनकोक्रममा भएका तोडफोड, आगजनी, हत्या र लुटपाट जस्ता घटनामा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने क्रम बढेपछि जेनजीका अगुवाहरूले भदौ २३ र २४ को घटनालाई आन्दोलनको मान्यता दिलाएर भविष्यमा आउनसक्ने कानुनी चुनौतीबाट जोगिन प्रधानमन्त्री कार्कीलाई दबाब दिइरहेका थिए। जेनजीहरुले भविष्यमा सरकारमा आउने दलहरूले सम्झौता अस्वीकार गर्न सक्ने भन्दै यसलाई वैधता दिन राष्ट्रपतीसँगै हस्ताक्षर गर्न चाहेका थिए।
वर्तमान संविधानलाई स्वीकार गर्दै कार्की नेतृत्वको सरकार गठन र प्रतिनिधि सभा विघटनसमेतका निर्णयलाई वैधता दिनेगरी बनाइएको मस्यौदामा भदौको युवा पुस्ताको आन्दोलनलाई 'जेनजी जनआन्दोलन' भनिएको छ। त्यसमा जेनजी आन्दोलनमा विभिन्न आपराधिक गतिविधिमा संलग्नहरूबारे छानबिन गर्न संयन्त्र बनाउने लगायतका प्रावधानहरू राखिएको छ।
मंसिर २४, २०८२ बुधबार १७:३२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।