डिएसपी मधु नेपाल पक्राउ, बहुविवाहको आरोप

डिएसपी मधु नेपाल पक्राउ, बहुविवाहको आरोप

बुटवल : प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपाल पक्राउ परेका छन्। नवलपरासी पूर्वमा कार्यरत डिएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन्। नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार साँझ पक्राउ गरेको हो।

नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट अनुमति लिएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।  बहुविवाह मुद्दामा अनुसन्धान गर्न नेपाललाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रदीप बहादुर क्षेत्रीले दिए।

मंसिर २४, २०८२ बुधबार १४:१०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।