इटहरी इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न
इटहरी : इटहरी इन्टरनेशनल कलेजले सोमबार आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा बिएससी (अनर्स) कम्प्युटिङ र बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशनका विद्यार्थीहरू दीक्षित भएका छन्।
कार्यक्रममा शैक्षिक उत्कृष्टता र नेतृत्व क्षमता प्रदर्शन गर्ने विद्यार्थी लेनिसा घिमिरेलाई प्रतिष्ठित ‘आइएनजी छात्रवृत्ति’ प्रदान गरिएको थियो। कलेजका अनुसार विद्यार्थीहरूको निरन्तर परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताको सम्मान स्वरूप प्रदान गरिएको हो।
समारोहमा आइएनजीका अध्यक्ष सुलभ बुढाथोकी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका डिन क्रिष्टोफर लेनले विद्यार्थीहरूको मेहनतको प्रशंसा गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए। कलेजले भविष्यमा पनि गुणस्तरीय शिक्षामा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
मंसिर २३, २०८२ मंगलबार १६:०६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।