बुवाको हत्या आरोपमा दैलेखमा २७ वर्षीया छोरी पक्राउ

बुवाको हत्या आरोपमा दैलेखमा २७ वर्षीया छोरी पक्राउ

दैलेख : दैलेखको नौमुले गाउँपालिकामा एक युवतीमाथि आफ्नै बुबाको हत्याको आरोप लागेको छ।

६५ वर्षीय बुबा धन बहादुर रामजाली मगरको हत्या गरेको आरोपमा प्रहरीले सोमबार साँझ उनकी २७ वर्षीया छोरी तिर्सना रामजाली मगरलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार नौमुले गाउँपालिका-५ गजमाली बस्ने तिर्सनाले बुबालाई काठको चिरपटले प्रहार गरेकी थिइन्।

छोरीको आक्रमणबाट गम्भीर घाइते भएका धन बहादुरको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोलीले अभियुक्त तिर्सनालाई नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

मंसिर २३, २०८२ मंगलबार १३:१३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।