एनएमबि बैंकको ‘एनएमबि इन्स्टा बाइ’, पाँच हजारमाथिको खरिदलाई किस्ताबन्दीमा तिर्ने सुविधा
काठमाडौं : एनएमबि बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि डिजिटल र सहज बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले ‘एनएमबि इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ।
यो नयाँ सुविधामार्फत क्रेडिट कार्डधारकहरूले पाँच हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दीमा रूपान्तरण गर्न सक्नेछन्।
यो सेवा लिनका लागि ग्राहकले खरिद गरेको १० दिनभित्र बिल र पीओएस स्लिप ईएनएमबी एप वा बैंकको वेबसाइटमा रहेको ‘इन्स्टा बाइ’ पोर्टलमा अपलोड गर्नुपर्नेछ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।
मंसिर २३, २०८२ मंगलबार १२:४४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।