एनसेलले सुरु गर्यो ‘९७१’ बाट सुरु हुने नयाँ मोबाइल नम्बर वितरण

एनसेलले सुरु गर्यो ‘९७१’ बाट सुरु हुने नयाँ मोबाइल नम्बर वितरण

काठमाडौं : एनसेलले सोमबारदेखि ‘९७१’ अंकबाट सुरु हुने नयाँ मोबाइल नम्बर वितरण सुरु गरेको छ।

यसअघिका नम्बर रेन्जहरू (९८०, ९८१, ९८२, ९७०) अपुग भएपछि नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिमा कम्पनीले नयाँ नम्बर रेन्ज सञ्चालनमा ल्याएको हो।

नयाँ नम्बर वितरणसँगै एनसेलले सरकारी तथा गैर-सरकारी संस्था, बैंक तथा वित्तीय संस्था र विभिन्न सेवा प्रदायकहरूलाई आ-आफ्नो प्रणालीमा यो नयाँ नम्बर रेन्ज (९७१) अपडेट गर्न आग्रह गरेको छ।

प्रणाली अपडेट नभएमा ओटीपी, एप साइन-अप र डिजिटल कारोबारमा समस्या आउन सक्ने भन्दै कम्पनीले यथाशीघ्र अपडेट गर्न अनुरोध गरेको छ।

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ् दत्तले बजारको आवश्यकता र डिजिटल सेवाको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै नयाँ नम्बर वितरण थालिएको बताएका छन्।

मंसिर २३, २०८२ मंगलबार १२:००:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।