सुनको मूल्य तोलामा १ हजारले घट्यो, चाँदीको भने बढ्यो

सुनको मूल्य तोलामा १ हजारले घट्यो, चाँदीको भने बढ्यो

काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ।

यो गिरावटसँगै आज सुनको कारोबार मूल्य प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यसअघि सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ ओरालो लाग्दा चाँदीको मूल्य भने उकालो लागेको छ।

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ३ हजार ६ सय रुपैयाँ पुगेको छ।

यसअघि गत बुधबार चाँदीले प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड बनाएको थियो।

मंसिर २३, २०८२ मंगलबार ११:४९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।