जेन-जी आन्दोलनमा फरार कैदीबन्दी पक्राउ
काठमाडौं : भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।
वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा फरार रहेका गोरखा सिरानचोक गाउँपालिका-८ घर भई हाल काठमाडौं तारकेश्वर मनमैजु बस्ने २२ वर्षीय सुविन गुरुङलाई प्रहरी पक्राउ गरेको हो।
प्रदर्शनका क्रममा फरार भई लुकीछिपी अवस्थामा बसिरहेका गुरुङलाई सोमबार तारकेश्वरको मनमैजुबाट पक्राउ गरी केन्द्रीय कारागारमा पेस गरिएको वरिष्ठ प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।-
मंसिर २३, २०८२ मंगलबार ०८:००:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।