लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान सुरु

लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान सुरु

काठमाडौं : लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो पटक कोठा र बाथरूमको मेक-ओभर गर्ने उद्देश्यसहित ‘लामिनार-मेरो सपनाको घर’ अभियान सार्वजनिक गरेको छ।

मिस नेपाल-२०१६ तथा इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठको नेतृत्वमा यो अभियान सञ्चालन हुने कम्पनीले जनाएको छ।

अभियान अन्तर्गत छनोट हुने दुई भाग्यशाली नेपाली परिवारले आफ्नो घरको एउटा कोठा र एउटा बाथरूमको पूर्ण रूपान्तरण निःशुल्क प्राप्त गर्नेछन्।

यो योजना कार्यान्वयन गर्न लामिनारले मेटलउड फर्निचर, कोहलर स्यानिटरी वेयर, ब्रिलियन्ट लाइटिङ र एम्पोरियोस फर्निसिङ्स जस्ता प्रतिष्ठित ब्रान्डहरूसँग सहकार्य गरेको छ।

यस योजनामा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नो कोठा (र आवश्यक परे बाथरूम) लाई किन मेक-ओभर आवश्यक छ भन्ने विषयमा ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो तयार पार्नुपर्नेछ।

उक्त भिडियो आफ्नो टिकटक, इन्स्टाग्राम वा फेसबुकमा ‘पब्लिक’ रूपमा पोस्ट गरी @laminartiles लाई ट्याग गर्नुपर्नेछ। साथै, पोस्टमा #LaminarMeroSapanakoGhar ह्यासट्याग अनिवार्य प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ।

प्राप्त भिडियोहरूलाई लामिनार, यसको क्रिएटिभ एजेन्सी र प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सम्मिलित आन्तरिक समितिले मूल्याङ्कन गर्नेछ। सहभागीको कथा प्रस्तुति, आवश्यकता, रचनात्मकता र भिडियोमा आएको इन्गेजमेन्टका आधारमा विजेता छनोट गरिनेछ।

विजेताले प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाइन, टर्नकी कार्यान्वयन र फोटो/भिडियो डकुमेन्टेसन सहितको प्याकेज प्राप्त गर्नेछन्।

सहभागीले सन् २०२६ जनवरी २ सम्म भिडियो अपलोड गरिसक्नुपर्नेछ भने विजेताको घोषणा जनवरी ७ मा गरिने कम्पनीले जानकारी दिएको छ। राम्रो डिजाइनमार्फत नेपाली घरहरूलाई आकर्षक र आरामदायी बनाउन सकिन्छ भन्ने सन्देश दिन यो अभियान ल्याइएको हो।

मंसिर २२, २०८२ सोमबार १२:३९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।