हेलिपोर्ट निर्माण भ्रष्टाचारमा कारागार चलान भए प्रदीप अधिकारी

हेलिपोर्ट निर्माण भ्रष्टाचारमा कारागार चलान भए प्रदीप अधिकारी

काठमाडौं : आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकोक्रममा आठ अर्ब बढी भ्रष्टाचार गरेकोमा प्रतिवादी बनेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा गएका छन्।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आइतबार थुनछेक बहस सकिएपछि अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

अख्तियारले अधिकारीसहित सात जनाविरुद्ध हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख रकम भ्रष्टाचार गरेको बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

 

मंसिर २१, २०८२ आइतबार १९:५३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।