एनपिएलको लिग चरण आइतबार सकिँदै, अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

एनपिएलको लिग चरण आइतबार सकिँदै, अन्तिम खेलमा कर्णाली र जनकपुर भिड्दै

काठमाडौं : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार लिग चरणको अन्तिम खेल हुँदैछ।

अपराह्न ३:३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन्। छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिइसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन्।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले  इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।

मंसिर २१, २०८२ आइतबार ०७:३७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।