११औँ महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो : अध्यक्ष ओली

११औँ महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो : अध्यक्ष ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गरेका छन्। 

शनिबार च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको मुखपत्र नवयुग ई-बुलेटिनको शुभारम्भ गर्दै उनले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घेराबन्दी तोड्ने र पार्टी फेरि अघि बढ्ने बताए।

उनले महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकोले महाधिवेशनलाई भव्य बनाउनु पर्नेमा जोड दिए। 'यो महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो। त्यसैले यसलाई सफल बनाउनु पर्दछ,' उनले भने, 'महाधिवेशन नेपाली जनता र देशको भविष्यको लागि आवश्यक छ।' 

उनले जनताको शक्तिलाई निर्णायक शक्तिमा बदल्नका लागि महाधिवेशन आयोजनासमेत गरिएको बताए। अध्यक्ष ओलीले स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्नेमा जोड दिए। 

'हामीले चुनावलाई पर्खिरहेका छौं। चुनावबाट आउने सरकार एमालेको हुन्छ,' उनले भने, 'पुराना पार्टीमध्ये एमाले चुनावपछि उदाएर आउने छ।'

 

मंसिर २०, २०८२ शनिबार २०:१८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।