मधेस प्रदेशको मुख्यमन्त्री पदमा यादव नियुक्त
जनकपुर : नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेस प्रदेशका मुख्यमन्त्री पदमा नियुक्त भएका छन्।
मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवलाई शुक्रबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) सहित छ राजनीतिक दलका ७७ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको पत्रमा उल्लेख छ।
मंसिर १९, २०८२ शुक्रबार १८:२२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।