सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न ओली महाराजगञ्जस्थित उनकै निवास पुगेका हुन्।
शुक्रबार भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उनको सचिवालयले जनाएको छ। भेटमा सभापति देउवा धर्मपत्नी एवं कांग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य सहभागी थिइन्।
मुलुकको राजनीतिमा उथलपुथल ल्याएको भदौ २३ र २४ को ‘जेन-जी’ आन्दोलनपछि पहिलोपटक देउवा र ओलीबीच भेटवार्ता भएको छ। सोही आन्दोलनको दबाबमा ओली प्रधानमन्त्री पदबाट हट्नुपरेको थियो भने देउवामाथि निवासमै सांघातिक हमला भएको थियो। आन्दोलनका क्रममा दुवै दलका पार्टी कार्यालय र निवास आगजनी भएको थिए।
मंसिर १९, २०८२ शुक्रबार १७:२७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।