बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
बैतडी : बैतडीमा गए राति मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको सुर्नया गाउँपालिका-५ कठेगौँडमा भएको दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको हो।
मृतक सुर्नया गाउँपालिका-४ का २९ वर्षीय नरेश महरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।
महरा सुर्नया गाउँपालिका-४ स्थित सन्सेरीमाडौंबाट धनगढीतर्फ गइरहेका बेला ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
मंसिर १९, २०८२ शुक्रबार १२:३०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।