सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँ निर्धारण गरेको छ। बिहीबार सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ६२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ५५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार २४० अमेरिकी डलर र चाँदी ५८ डलरमा कारोबार भइरहेको छ।

मंसिर १९, २०८२ शुक्रबार ११:०२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।