काठमाडौंको न्यूनतम तापक्रम नौ डिग्रीमा चढ्यो

काठमाडौंको न्यूनतम तापक्रम नौ डिग्रीमा चढ्यो

काठमाडौं : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।

त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली हुनेछ।

काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसबीच रहने अनुमान छ।

हिजो पनि काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस नै थियो। तर केही दिनअघि भने ६ डिग्री सेल्सियससम्म झरेको थियो।

मंसिर १९, २०८२ शुक्रबार ०७:१५:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।