याङ्गो नेपाल र लुम्बिनी लायन्सको सहकार्य : पार्टनर ड्राइभरका बालबालिकालाई विशेष क्रिकेट प्रशिक्षण

याङ्गो नेपाल र लुम्बिनी लायन्सको सहकार्य : पार्टनर ड्राइभरका बालबालिकालाई विशेष क्रिकेट प्रशिक्षण

काठमाडौं : विश्वव्यापी प्रविधि कम्पनी याङ्गोले नेपाल प्रिमियर लिग (एनपीएल)को टोली लुम्बिनी लायन्ससँगको सहकार्यमा आफ्ना पार्टनर ड्राइभरका बालबालिकाका लागि एक दिने विशेष क्रिकेट प्रशिक्षण शिविर सम्पन्न गरेको छ।

काठमाडौंमा आयोजित उक्त कार्यक्रममा २० भन्दा बढी बालबालिकाको सहभागिता थियो। यो पहल याङ्गोको ‘राइड-हेलिङ’ सेवाको मेरुदण्डका रूपमा रहेका चालक र उनीहरूको परिवारलाई सहयोग गर्ने प्रतिबद्धताको एक हिस्सा रहेको कम्पनीले जनाएको छ।

प्रशिक्षण सत्रमा लुम्बिनी लायन्सका खेलाडीहरू तिलक भण्डारी, दुर्गेश गुप्ता लगायत टोलीका अन्य सदस्यहरूले बालबालिकालाई क्रिकेटका आधारभूत सीपहरू सिकाएका थिए। बालबालिकाहरूले विभिन्न अभ्यासमा सहभागी हुनुका साथै आफ्ना ‘क्रिकेट हिरो’ हरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने र रमाइलो गर्ने अवसर पाएका थिए।

कार्यक्रममा बोल्दै याङ्गो नेपालका प्रतिनिधिले भने, ‘हामीले गर्ने हरेक कार्यको केन्द्रबिन्दुमा हाम्रा पार्टनर ड्राइभरहरू हुन्छन्। उनीहरूको परिवार र प्रियजनहरू पनि हाम्रा लागि उत्तिकै महत्त्वपूर्ण छन्। यो प्रशिक्षण सत्र हाम्रो समुदायप्रति कृतज्ञता प्रकट गर्ने एउटा माध्यम हो। बालबालिकाहरूले व्यावसायिक खेलाडीहरूसँग सिक्दै र खेल्दै गरेको देख्नु साँच्चिकै प्रेरणादायी थियो।’

ती प्रतिनिधिले थपे, ‘म व्यक्तिगत रूपमा चाहन्छु, एक दिन यिनैमध्ये केही बालबालिकाले क्रिकेट वा कुनै पनि खेलमा नेपालको प्रतिनिधित्व गरेर देशलाई गर्व दिलाउन सकून्।’

त्यसैगरी, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले याङ्गो नेपालसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।

उनले भने, ‘युवाहरूलाई खेलकुद तर्फ प्रोत्साहित गर्नु हाम्रो मूल मान्यता हो। याङ्गोका पार्टनर ड्राइभरका छोराछोरीसँग समय बिताउन पाउनु सन्तोषजनक अनुभव रह्यो। उनीहरूको ऊर्जा र उत्साहले यस्ता कार्यक्रमहरूको महत्त्वलाई थप पुष्टि गरेको छ। आगामी दिनमा पनि यस्तै समुदायमुखी कार्यक्रमहरूमा सहकार्य गर्ने आशा राखेका छौँ।’

मंसिर १३, २०८२ शनिबार ०९:३६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।