सिजी इलेक्सको नयाँ अफर सार्वजनिक

सिजी इलेक्सको नयाँ अफर सार्वजनिक

काठमाडौं : सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको सिजी इलेक्सले जाडो याम र एनपीएल क्रिकेट सिजनलाई लक्षित गर्दै इएमआई तथा एक्सचेन्ज सुविधा समेटिएको नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार पुराना उपकरण साट्दा उच्च मूल्यांकन प्राप्त हुनेछ। नयाँ उपकरण इएमआईमा खरिद गर्दा दैनिक ४५ बाट सुरु हुने किस्ता सुविधा उपलब्ध हुने जनाएको छ।

अफरमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, डिस्वासर, कुकिङ रेन्ज, चिम्नी लगायतका प्रमुख घरायसी उपकरण समेटिएका छन्। क्रिकेट सिजनलाई ध्यानमा राख्दै फोर के स्मार्ट टिभीसहितका विभिन्न मोडेलमा विशेष इएमआई र एक्सचेन्ज सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ।

४३ इन्चभन्दा ठूला स्मार्ट टिभी खरिद गर्ने ग्राहकले २२ सय मूल्य बराबरको नेट टिभी ९ महिनाको निःशुल्क सब्स्क्रिप्शन प्राप्त गर्नेछन्। समावेश ब्रान्डहरूमा एलजी, सिजी इन्स्पाइरिङ, सिजी मेरिडिया, गोदरेज, टिसी एल, बर्ली, केन्ट आरओ, माइडिया, बेको, ब्ल्याक एण्ड डेकर, एलिका, सेन्साई र क्रम्पटन रहेका छन्।

कम्पनीका अनुसार, पुराना उपकरण ल्याएर साट्दा बजार-अनुसारको उच्च मूल्यांकन प्राप्त हुनेछन् र सो मूल्यांकन प्रत्यक्ष रूपमा नयाँ उपकरणको खरिदमा समायोजन गरिन्छ। ग्राहकहरूले सिजी इलेक्स डटकममा गएर आफ्नै पुरानो उपकरणको भ्यालुएसन स्व-रूपमै अनलाइन चेक गर्न सक्ने सुविधा उपलब्ध छ। 

मंसिर १२, २०८२ शुक्रबार १८:४६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।