सात वटा उद्योग र फर्म कारबाहीमा

सात वटा उद्योग र फर्म कारबाहीमा

काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न सात वटा उद्योग र फर्मलाई कारबाही गर्दै निर्देशन समेत दिएको छ।

विभागको टोलीले शुक्रबार ती उद्योग र फर्महरूको अनुगमन निरीक्षण गरी उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन दिएर कारबाही गरेको हो।

तारकेश्वर-५ गोलढुङ्गास्थित क्रिष्टल स्टोरलाई दुई लाख पाँच हजार, काठमाडौं मनपा-३१ नयाँ बानेश्वरस्थित घुम्ती किचेनलाई २० हजार, काठमाडौं महानगरपालिका-९ सिनामङ्गलस्थित ग्रिन बड्स बेकरी क्याफे प्रालिलाई पाँच हजार जरिवाना गराएको हो। 

त्यसैगरी, ललितपुर महानगरपालिकाको पुल्चोकस्थित सुमेरु अस्ताल परिसरमा रहेको क्यान्टिन, महालक्ष्मी नपा-१ ललितपुरस्थित किष्ट क्याफेटेरिया, काठमाडौं मनपा-२९ सिंहदरबारस्थित जीएण्डबी क्याफे, काठमाडौं मनपा-२७ वीर अस्पतालमा रहेको ग्रुप गुजेश्वरी होटल प्रालि (शाखा)लाई सामान्य निर्देशन दिएको छ। 

मंसिर १२, २०८२ शुक्रबार १८:३३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।