श्रमिक लक्षित निगमको योजना : टिकटमा १० प्रतिशत छुट
काठमाडौं : नेपाल वायुसेवा निगमले वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरूलाई लक्षित गर्दै हवाई भाडामा विशेष छुटसहित नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ।
निगमले काठमाडौंबाट श्रम गन्तव्यहरू दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर जाने श्रमिक यात्रुहरूका लागि नयाँ भाडादर योजना कार्यान्वयनमा ल्याएको हो। निगमका अनुसार श्रमिक यात्रुहरूको सहजताका लागि हरेक उडानमा निश्चित सिट छुट्याएर सहुलियत दिने निर्णय गरिएको छ।
जसअनुसार अबदेखि निगमको जहाजमार्फत ती गन्तव्यमा उड्ने हरेक उडानमा १० वटा सिटमा साबिकको भाडादरमा १० प्रतिशत विशेष छुट प्राप्त हुनेछ।
छुट पाउन यात्रुले वैदेशिक रोजगारीमा जान लागेको खुल्ने आवश्यक कागजात पेश गर्नुपर्नेछ। निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट यात्रुले यो सुविधा लिन सक्ने छन्।
मंसिर १२, २०८२ शुक्रबार १८:२०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।