लामिनार टाइल्स र नबिल बैंकबिच च्यानल फाइनान्सिङ साझेदारी
काठमाडौं : लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टाइल्सले नबिल बैंकसँग “च्यानल फाइनान्सिङ” सुरु गर्न साझेदारी गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेकराज भट्टबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
साझेदारी मार्फत डिलरहरूले सजिलै चालु पुँजी प्राप्त गर्न सक्ने र इनभेन्टरी व्यवस्थापन सहज बनाउने कम्पनीले जानकारी दिएको छ।
साझेदारी अनुसार नबिल बैंकले ०.५% लोन प्रशासकीय शुल्क,एलसि तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट, कर्पोरेट मोबाइल बैङ्किङ, सेफ-डिपोजिट लकर र पी.ओ.एसमेसिन शुल्कमा ५०% छुट, निःशुल्क एस.एम.एसट्रान्जेक्सन अलर्ट, मुख्य कर्मचारीका लागि अधिकतम. ५ लाख सीमासहित निःशुल्क क्रेडिट कार्ड दिने बताइएको छ।
मंसिर १२, २०८२ शुक्रबार १८:०७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।