भदौ २४ का कारण बढुवामा छुटेका एसएसपी अधिकारी डिआइजीका लागि भए सिफारिस
काठमाडौं : जेनजी आन्दोलनकाक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका एसएसपी विश्व अधिकारी पहिलो बढुवामा परेनन्। भदौ २३ गतेको आन्दोलनमा भएको दमनका कारण उनी बढुवा सिफारिसमै परेनन्। दानबहादुर कार्की एआइजीबाट आइजिपीमा बढुवा भएपछि रिक्त भएको डिआइजी पदका लागि भने उनी सोमबार बढुवा सिफारिसमा परे।
कार्कीको बढुवापछि रिक्त रहेको एआइजीका लागि इश्वर कार्कीको नाम सिफारिस भएको छ। कार्कीको औपचारिक बढुवा हुन बाँकी छ। कार्की एआइजीमा बढुवा भएपछि रिक्त हुने डिआइजीको एक पदका लागि सोमबार अधिकारीको नाम सिफारिस भयोश्र
उनी अहिले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा कार्यरत छन्। गृह मन्त्रालयअन्तर्गको बढुवा समितिको सचिवालयले प्रहरीले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार अधिकारीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको उल्लेख छ।
मंसिर १, २०८२ सोमबार १५:५४:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।