बिहीबार २१ फागुन, २०८२
आज पनि बढ्यो सुनको मूल्य
काठमाडौं : स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा रु ३०० बढेको छ।
आज सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो आइतबार प्रतितोला रु दुई लाख ५३ हजार २०० मा किनबेच भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला रु पाँचले बढेर तीन हजार २८० मा खरिदबिक्री हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
कात्तिक ३, २०८२ सोमबार १२:२७:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।