ओमानविरुद्ध भुर्तेलको अर्धसतक

ओमानविरुद्ध भुर्तेलको अर्धसतक

काठमाडौं : आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत ओमानविरुद्धको खेलमा ओपनर ब्याटर कुशल भुर्तेलले अर्धसतक पुरा गरेका छन्। 

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ सुरु गरिरहेको छ।  भुर्तेलले ३८ बलमा ५० रन बनाएका हुन्। 

जारी खेलमा नेपालले १३.२ ओभरमा ४ विकेट गुमाएर ९० रन बनाएको छ। नेपालका तर्फबाट ओपनर कुशल भुर्तेलल र आदिल अलामले  ब्याटिङ गरिरहेका छन्। 

जारी प्रतियोगितामा शीर्ष तीनमा पर्दै नेपाल र ओमानले टी-२० विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् । 

नेपालले ओमानविरुद्ध ब्याटर सन्दीप जोरालाई आज आराम दिएको छ। उनको स्थानमा लोकेश बमलाई मौका दिएको छ । 

नेपालको प्लेइङ-११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरी , सन्दीप लामिछाने, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव र मोहम्मद आदिल अलाम छन्।

असोज २९, २०८२ बुधबार २१:४३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।