हुम्लाबाट बिरामी बोकेर काठमाडौंका लागि उडेको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण

सुर्खेत : हुम्लाबाट बिरामी बोकेर काठमाडौंतर्फ उडेको प्रभु एयरको हेलिकप्टरले मौसम खराबीका कारण दैलेखमा आकस्मिक अवतरण गरेको छ।
एनजि–एएनएल कलसाइन भएको उक्त हेलिकप्टरले गुराँस गाउँपालिका–२ तल्लो डुंगेश्वरमा दिउँसो करिब २ः३० बजे अवतरण गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए।
हिल्सा हुम्लाबाट बिरामी लिएर काठमाडौंका लागि उडेको हेलिकप्टरले मौसम खराब भएपछि सुरक्षितरूपमा दैलेखमै अवतरण गरिएको प्रभु हेलिकप्टरका प्रवक्ता नोवेलकुमार राजलवटले बताए।
हेलिकप्टरमा टाउकोमा चोट लागेको एकजना बिरामी, चालक दलका दुई सदस्यसहित कुल पाँच जना सवार थिए।
मौसममा सुधार आएपछि सो हेलिकप्टर साँझ ५ बजे सुर्खेत विमानस्थलमा सुरक्षित अवतरण गरिएको जनाइएको छ।
असार २१, २०८२ शनिबार १८:२३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।