सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले घटेको हो।
यसअघि बुधबार १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोवार भैइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।
तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
जेठ १, २०८२ बिहीबार १०:५१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।