लगातार पाँच हारपछि चेन्नईलाई राहत, लखनउ पाँच विकेटले पराजित

लगातार पाँच हारपछि चेन्नईलाई राहत, लखनउ पाँच विकेटले पराजित

काठमाडौं : लगातार पाँच खेलमा पराजित भएको चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई पाँच विकेटले हराउँदै दोस्रो जित निकालेको छ।

योसँगै लखनउको तीन खेलको अपराजित यात्रामा ब्रेक लागेको छ। पहिलो खेलमा मुम्बईलाई हराएको चेन्नईले त्यसपछिका पाँच खेल जित्न सकेको थिएन।

लखनउले दिएको १६७ रनको लक्ष्य पछ्याएको चेन्नईले १९ ओभर तीन बलमा  पाँच विकेट गुमाउँदै पूरा गर्यो। चेन्नईका लागि शिवम दुबेले सर्वाधिक ४३ रन बनाए। कप्तान महेन्द्रसिंह धोनीले २६ रन जोडे।

लखनउका रवि बिश्नोईले दुई विकेट लिए।

त्यसअघि अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रन बनाएको थियो।

लखनउका कप्तान ऋषभ पन्तले सर्वाधिक ६३ रन बनाए। मिचेल मार्शले ३० रन जोडे। चेन्नईका रवीन्द्र जडेजा र मथिशा पाथिरानाले समान दुई विकेट लिए।

प्रतियोगितामा लखनउको सात खेलबाट आठ अङ्क छ। समान खेलबाट पुच्छारमा रहेको चेन्नईको चार अङ्क छ। तालिकाको शीर्ष स्थानमा गुजरात टाइटन्स हुँदा दोस्रो स्थानमा दिल्ली क्यापिटल्स छ।

वैशाख २, २०८२ मंगलबार ०७:२०:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।