अभिनेत्री अरुणिमा लम्सालको दोस्रो विवाह पनि टिकेन, सम्बन्धविच्छेदको निवेदन दर्ता गरिन्

अभिनेत्री अरुणिमा लम्सालको दोस्रो विवाह पनि टिकेन, सम्बन्धविच्छेदको निवेदन दर्ता गरिन्

काठमाडौँ: अमेरिकामा बसाइँ सरेकी अभिनेत्री अरुणिमा लम्सालको पहिलो विवाह टिकेन। किशोरकालदेखिको प्रेमलाई विवाहको चरणसम्म लैजान सफल भए पनि असमझदारी बढेपछि सहमतिमै सम्बन्धविच्छेद भएको थियो।

त्यस्तै आठ महिना अगाडि उनले मागी विवाह गरिन् कांग्रेस नेतासँग। युवराज श्रेष्ठसँग विवाह भएको छोटो समयमै दुबैबीच खटपट सुरु भएको हल्लाहरू बाहिरिएका थिए। तर उनी मौन रहँदै आएकी थिइन्।

दुई साता अगाडि नेपाल आएकी उनले ती हल्ला हल्ला मात्र नभएर सत्य भएको पुष्टि गरिन्। प्रकाश सुवेदीको कार्यक्रममा उनले आफ्नो दोस्रो विवाह पनि सोचे जस्तो राम्रो हुन नसकेको भन्दै सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिइसकेको बताइन्।

‘ विवाहपछि नै उहाँकोबारेमा हल्लाहरू आए। पछि सुनेको कुरा साँचो रहेछ। हतारमा निर्णय गर्न हुन्न भन्ने भयो अनि नेपाल आएर डिभोर्सका लागि निवेदन दिएको छु,’ उनले कार्यक्रममा भनिन्।

उनले आफू अमेरिकामा रहँदै सम्बन्धविच्छेदका लागि आग्रह गरेको तर अस्वीकार गरेपछि नेपाल आएर निवेदन दर्ता गरेको उनले खुलाइन्।

‘अब ढाँट्ने मान्छेसँग लामो समय सँगै बस्नुहुन्न भन्ने लाग्यो। बरु एक्लै बस्छु भनेर निवेदन दिएँ,’ उनले भनिन् ‘अब प्रक्रियामा गएको छ। एक वर्ष लाग्छ भनेका छन्।’

नेपालबाट विवाहको कुरा आएपछि बुझ्दा राम्रै कुराहरू आएकाले किन कुर्ने त विवाह गरौँ न भनेर विवाह गरेको तर निर्णय हतारमा भएको अनुभव भएको उनले खुलाइन्।

अरुणिमाले २५ भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन्। अभिनययात्रा राम्रैसँग अगाडि बढिरहेकै बेलामा उनी अमेरिका गइन् र उतै सेटल भइन्। कलाकार समेत रहेकी उनको आमा पनि अमेरिकामै गइन्। उनको आमाले पनि केही समय अगाडि विवाह गरेकी थिइन्।

वैशाख १, २०८२ सोमबार १७:०८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।