नेपाल र युएईबीचको खेल ढिलो सुरू हुने

काठमाडौं : आईसीसी यू१९ विश्वकप छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल ढिलो सुरू हुने भएको छ।
पहिलो अन्तर्राष्ट्रिय खेल हुन लागेको मुलपानी क्रिकेट रंगशालास्थित मैदानको केही भाग भिजेकाले खेल सुरू हुन ढिलाई भएको हो। अहिले मैदानको भिजेको भाग सुकाउने काम भइरहेको छ।
ढिला गरी सुरू हुने भएपछि ओभर घट्ने सम्भावना पनि देखिएको छ। खेलको राष्ट्रिय गानकाे कार्यक्रम सकिईसकेको छ। टस भने अहिलेसम्म हुन सकेको छैन।
ग्राउन्ड स्टाफले सुपर सोपरको माध्यमबाट पानी सुकाउने कोसिस गरिरहेका छन्।
काठमाडौं उपत्यकामा हिजो विहान ठूलो पानी पर्दा त्यसको असर मुलपानीमा परेको हो। तल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल हुँदैछ।
उता माथिल्लो मैदानमा हुने भनिएको अफगानिस्तान र ओमानबीचको खेल भने सुरू भइसकेको छ। जसमा ओमानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
चैत ३१, २०८१ आइतबार १०:१६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।