चितवनमा दिपल ईभीको बिक्री सुरु

काठमाडौं : नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले चितवनबाट ‘दिपल ईभी’ को बिक्री औपचारिक रूपमा सुरु गरेको छ।
बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघ अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दीलिप थानेत, एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्युचरिस्टिक डिजाइन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७ एल र दिपल ई०७ लाई सार्वजनिक गरेका हुन्।
दिपल ईभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य संघ अध्यक्ष श्रेष्ठले चितवनमा चांगानको सफलताको कामना गरे। साथै, उनले चांगान र अन्य ब्रान्डले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
त्यसैगरी एमएडब्लू वृद्धिका प्रमुख कार्यकारी अधिकृत रुपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको एक वर्षमा ८ सयभन्दा बढी संख्यामा दिपल ईभी बिक्री भइसकेको र यसको डिजाइन तथा प्रविधिका कारण यो ईभीप्रेमीको रोजाइमा परेको बताए।
उनले दिपलको बिक्री र बिक्रीपछिको सेवालाई देशभरि विस्तार गर्ने क्रममा चितवनका लागि राजहंस अटोमोबाइल जोडिएकोमा धन्यवाद व्यक्त गरे।
दिपलको नयाँ शोरुम चितवनमा
एमएडब्लू वृद्धिले राजहंस अटोमोबाइल मार्फत चितवनका ग्राहकलाई इन्टिलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ शोरुम सुरु गरेको छ।
नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लू वृद्धिले बिहीबारदेखि तीन दिनका लागि टेस्ट ड्राइभ एन्ड एक्स्चेन्ज क्याम्प सुरु गरेको छ। यो अवधिमा चितवनका ईभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टिलिजेन्ट ईभी दिपल ई०७, दिपल एस०७, दिपल एस०७ एल र दिपल एल०७ टेस्ट ड्राइभ गर्न सक्नेछन्।
टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले २० प्रतिशतमात्र डाउनपेमेन्टमा दिपल ईभी खरिद गर्न सक्नेछन्। यसका साथै निःशुल्क ७ किलोवाट चार्जर र एसेसोरिज,आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स्चेन्ज बोनस पनि पाउन सक्नेछन्। साथै, दिपलका ईभी टेस्ट ड्राइभ गर्ने सबैले दिपलका तर्फबाट उपहार पाउने कम्पनीले जनाएको छ।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचर छन्ज, जसका कारण यो ईभी नेपाली बजारमा ८ सयभन्दा बढी बिक्री भइसकेको छ।
चैत २९, २०८१ शुक्रबार १४:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।