ट्रम्पको चीनमाथि नयाँ कर लगाउने चेतावनीको बावजुद एसियाली बजारमा हरियाली

ट्रम्पको चीनमाथि नयाँ कर लगाउने चेतावनीको बावजुद एसियाली बजारमा हरियाली

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनीका बाबजुद मंगलबार बिहान जापान र दक्षिण कोरियाको शेयर बजारमा वृद्धि देखिएको छ।

सोमबार ठूलो गिरावटका साथ बन्द भएका यी दुवै देशका बजारहरूमा मंगलबार वृद्धि भएको हो।

यदि चीनले अमेरिकामाथि लगाइएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नलिएमा मंगलबारदेखि चीनमाथि नयाँ कर लगाउने ट्रम्पको चेतावनी थियो।

मंगलबार, जापानको निक्केई २२५ सूचकांक र दक्षिण कोरियाको कोस्पी सूचकांकमा सोमबारको तुलनामा लगभग २ प्रतिशतले वृद्धि भएको छ। यससँगै अष्ट्रेलियाको शेयर बजार एएसएक्स २०० पनि थोरै वृद्धिका साथ खुल्यो।

सोमबार ट्रम्पको ट्यारिफ सम्बन्धी वक्तव्यको प्रभाव विश्वभरका शेयर बजारमा देखियो। एसिया र युरोपका बजारहरूमा ठूलो गिरावट आएको छ।

भारतीय शेयर बजार पनि यसबाट अछुतो रहेन। राष्ट्रिय स्टक एक्सचेन्जको निफ्टी ३.२५ प्रतिशतले घट्यो भने सेन्सेक्स लगभग ३ प्रतिशतले घट्यो।

चैत २६, २०८१ मंगलबार ०८:२३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।