तीनकुनेमा राज्यको गोलीले थिचिएका निर्दोष आवाजहरु (भिडियो रिपोर्ट)

राजा फर्काउने भन्दै विवादित व्यवसायी दुर्गा प्रसाईंको कमान्डमा तीनकुनेमा राखिएको विरोध प्रदर्शन हिंसात्मक हुँदा गोली चल्यो। प्रहरीले औपचारिक रूपमै प्रदर्शनस्थलमा ५८ राउन्ड गोली चलाएको, एक जनाको मृत्यु र र २० जना घाइते भएको दाबी गर्यो।

बुधबार पत्रकार सम्मेलनमार्फत डीआईजी दिनेश आचार्यले प्रदर्शनकारीले प्रदर्शन हिंसात्मक गराएपछि नियन्त्रणमा लिन गोली चलाएको दाबी गरेका थिए।

तर घाइतेको अवस्था बुझ्न उकेराकर्मी बुधबार र बिहीबार काठमाडौंको नयाँबानेश्वरस्थित निजामती कर्मचारी, राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं मेडिकल कलेज, ललितपुरको पाटन अस्पताल र बीएण्डबी अस्पताल पुग्दा भेटिएका अधिकांश घाइतेको राजा फर्काउने आन्दोलनसँग कुनै सरोकारै देखिएन।

अधिकांश घाइते काम विशेषले तीनकुने-कोटेश्वर- जडीबुटी क्षेत्रमा पुग्दा गोली लागेर घाइते भएको खुल्यो। आन्दोलनमै गएका पनि नभेटिएका हैनन्, तर तीनको संख्या अति थोरै। यो तीनै घाइतेहरू केन्द्रित रिपोर्ट हो।

चैत २३, २०८१ शनिबार २२:२८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।