भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्म

भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्म

काठमाडौं : समाज कल्याण परिषद्को स्वामित्व रहेको काठमाडौँको भृकुटीमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत भाडा नतिर्नेहरू ५१ संस्था र व्यक्ति नाम सार्वजनिक भएको छ। 

समाज कल्याण परिषद्ले २०८१ चैत्र २१ गते दैनिक पत्रिकामा ३५ दिने सूचना जारी गर्दै ५१ संस्थाको सूची सार्वजनिक गरेको हो। 

सूचीमा नेपाल पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्म छन्। बोर्डको १ करोड ६७ लाख बढी बक्यौता छ भने क्लबको मात्रै ४६ लाख ५८ हजार ६४९ रुपैयाँ बक्यौता तिर्न बाँकी देखिन्छ ।

परिषद्को भृकुटीमण्डप व्यवस्थापन विभागले ५१ संस्था-व्यक्ति-व्यवसायीहरुको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखादेखि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको नाम समेत छ। 

पटक पटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेको विभागले जनाएको छ। तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानुनबमोजिम असुलउपर गरिने विभागले चेतावनी दिएको छ।

चैत २३, २०८१ शनिबार १८:०१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।