एम्बुलेन्सबाट नेपाल ओसारिन्छ भारतमा अवैध ट्रामाडोल, भेटियो ९४ हजार क्याप्सुल

एम्बुलेन्सबाट नेपाल ओसारिन्छ  भारतमा अवैध ट्रामाडोल, भेटियो ९४ हजार क्याप्सुल

काठमाडौं : शनिवार ललितपुर भट्टेडाँडाको चेकपोस्टमा खटिएका प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल बरामद गर्यो। 

शनिवार वीरगन्जबाट काठमाडौं आउँदै गरेको बीआर०५पीआर०४२१ नम्बरको भारतीय एम्बुलेन्समा ९४ हजार ८० थान क्याप्सुल फेला पर्यो।

प्रहरीले भारतका २० वर्षीय समीर आलम, ३३ वर्षका मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षका नोजन खातुन र २२ वर्षका मोहम्मद उमर सिद्धिकी पक्राउ परे। 

दुखाई कम गर्न प्रयोग हुने यो चक्की नियन्त्रित लागु औषधी समूहमा पर्छन्। चिकित्सकको सिफारिसबिना यसको विक्री गर्न पाइन्न। चक्कीमा मर्फिनसहित लट्ठ्याउने रसायन भएकाले लागुऔषधको कुलतमा फसेकाहरूले अवैध रूपमा किनेर यसको प्रयोग गर्छन्।

पश्चिम अफ्रिकाका केही भागमा सार्वजनिक स्वास्थ्य सङ्कट निम्त्याएपछि भारतमा यसको उत्पादनमा प्रतिबन्ध लाग्यो। अनि एकाएक नेपालमा तस्करीको ट्रामाडोलको संख्या बढ्यो।

लागु औषध नियन्त्रण ब्युरोले फागुन ४ मा एक लाख ८० हजार ४ सय ३० चक्की ट्रामाडोलसहित श्रीबहादुर राई र विपिनकुमार महतोलाई पक्राउ गरेको थियो। त्यसको एक सातापछि अर्को ठुलो परिणाम बरामद भयो। फागुन १२ मा पाँच लाख ६४ हजार चक्कीसहित सुधीर लामिछाने र साइमन बनवारी पक्राउ परेका थिए।

चैत २३, २०८१ शनिबार १५:५७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।