हङकङ सिरिजका लागि रोहितको कप्तानी १४ सदस्यीय क्रिकेट टोली घोषणा

काठमाडौं : हङकङमा हुने चार देश सम्मिलित सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा कप्तानको साथमा आशिफ शेख, कुशल भुर्तेल, लोकेस बम, बसीर अहमद, दीपेन्द्रसिं ऐरी, कुशल मल्ल छन्।
यसका अलावा ललित राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सन झा पनि टोलीमा समावेश छन्।
टी२० सिरिज ९ देखि १३ अप्रिलसम्म हङकङमा हुनेछ। सिरिजमा नेपाल र हङकङ बाहेक कतार र कुवेत पनि हुनेछ।
चैत २३, २०८१ शनिबार १२:३६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।