प्रिमियम एक्स्पेङ जी६ अब १४.९९ लाखमा डाउन पेमेन्टमा

काठमाडौं : अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्स्पेङले आफ्ना ग्राहकहरुका लागि विशेष अफर लिएर आएको छ।
ग्राहकहरूले अब रु. १४.९९ लाख डाउन पेमेन्ट मै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्स्पेङ जी६ घर लैजान सक्नुहुने छन्।
६.५५ प्रतिशत ब्याजदर, ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने, र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्स्पेङ खरिद गर्न सहज बनाईएको छ।
यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरीहरू, ७ किलोवाट चार्जर, १ वर्षको रोड ट्याक्स कभरेज, र निःशुल्क बीमा समेत समावेश छ।
पाँचतारे ण्कप सुरक्षा रेटिङ प्राप्त एक्स्पेङ जी६ स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषता छन्।
ग्राहकहरूले सजिलै अब एक्स्पेङ को अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन, र दिगो यात्राको सजिलै अनुभव गर्न सक्नेछन्।
यस अफरका साथ एक्स्पेङ नेपालले गुणस्तरीय सवारीसाधन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
चैत २२, २०८१ शुक्रबार ११:३१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।