भाटभटेनी लुट्न आएकासँग प्रतिकार गर्ने सुरक्षा गार्डलाई पाँच लाख पुरस्कार

भाटभटेनी लुट्न आएकासँग प्रतिकार गर्ने सुरक्षा गार्डलाई पाँच लाख पुरस्कार

काठमाडौँ : राजावादी प्रदर्शनको क्रममा कोटेश्वरमा रहेको भाटभटेनी स्टोर लुट्न संलग्नहरूको प्रतिकार गरेका सुरक्षा गार्डहरूलाई पुरस्कृत गर्यो। बुधवार भाटभटेनी सुपर मार्केटले दुलप्रसाद पराजुलीलाई ५ लाख १ हजार सहित पुरस्कृत गरेको हो। अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गर्यो। सोही समयमा ड्युटीमा रहेका दुई जनालाई २५ हजार रुपैंयासहित सम्मान गरेको छ। 

भाटभेटनी सुपर मार्केटमा अध्यक्ष मीन बहादुर गुरुङले कर्मचारीहरूको साहसका लागि नगदसहित पुरस्कृत गरेका थिए।  शुक्रवार तीनकुनेमा भेला हुन आएका प्रदर्शनकारीहरुमध्ये एक समूह कोटेश्वरमा रहेको भाटभटेनीमा पुगेर लुटपाट मच्चाएका थिए। प्रहरी नआइपुग्दा सुरक्षा गार्ड र कर्मचारीले लुटेरा समूहको प्रतिकार गरेर लखेटेका थिए।

प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा नौ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ। 

चैत २०, २०८१ बुधबार १२:१३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।